प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरेपछि पोखरामा रहेका सांसद गगन थापा हेलिकप्टरमार्फत् काठमाडौं आएका छन् ।

उनी सडकमार्गबाट काठमाडौं आउँदै थिए। पोखराबाट पृथ्वीराजमार्ग हुँदै काठमाडौं आइरहे पनि पहिरोका कारण उनी दमौलीमा रोकिएका थिए ।

थापा हेलि एभरेष्टमार्फत् काठमाडौं आएको थापाको सचिवालयले जनाएको छ । थापासँगै पूर्वमन्त्री यज्ञबहादुर थापा पनि छन् ।

आज बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मतका लागि प्रस्ताव राख्दैछन्। आज अपरान्ह ४ बजे प्रतिनिधि सभा बैठक बस्दैछ ।

कांग्रेस नेता रामजी कुँवरको स्मृति सभाका लागि पोखरामा रहेका थापा आज प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएपछि काठमाडौं आउँदै छन् ।