नेकपा एमालेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेलाई कारबाही गर्ने निर्णय गरेको छ ।
देउवालाई विश्वासको मत दिने एमाले हुन नसक्ने स्थायी कमिटीकाे आजको बैठकले निश्कर्ष निकालेको छ ।
बैठकपछि एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले देउवालाई विश्वासको मत दिने नेताहरु नेकपा एमालेमा नरहने बताए ।
सर्वाेच्चको परमादेशअनुसार गत असार २९ गतेबाट प्रधानमन्त्री नियुक्त देउवाले आज प्रतिनिधिसभाको दोस्रो बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।