नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।
सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गर्दै आफ्ना सांसदलाई ह्विप जारी गरेको छ ।
बैठकमा संसदीय दलका नेता प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराएका थिए ।
सर्वाेच्चको परमादेशअनुसार गत असार २९ गतेबाट प्रधानमन्त्री नियुक्त देउवाले आज प्रतिनिधिसभाको दोस्रो बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।