झण्डै दुहाई तिहाईनजिकको कम्युनिष्ट सरकारको नेतृत्व गरेको नेकपा एमालेले आजदेखि प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्दै छ । 

एमालेको स्थायी कमिटी र संसदीय दलको बैठकले सशक्त प्रतिपक्षी भूमिकामा रहने र गठबन्धन सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सघाएका माधवकुमार नेपालसहित एमालेका २३ जना सांसद पनि आजबाट शुरु हुने संसद अधिवेशनमा प्रतिपक्षी बेञ्चमै बस्ने निर्णयमा पुगेका छन् । 

देउवालाई प्रधानमन्त्री बनाउन २३ जना सांसद्ले हस्ताक्षर गरेका थिए । देउवाको पक्षमा हस्ताक्षर गरे पनि प्रतिपक्ष बेञ्चमै बस्ने एक नेताले बताए । देउवा पक्षीय एमालेका ती नेताले एमाले जहाँ रहन्छ आफूहरु त्यहिँ रहने बताएका छन् । 

संसदको निरन्तरता चाहाने भएकाले देउवालाई समर्थन गर्न अदालत गएको उनको दलिल छ । एउटै पार्टी भएकाले प्रतिपक्षमा बसे पनि माधव नेपाल पक्षले देउवालाई विश्वासको मत दिने देखिन्छ ।