नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अस्पतालबाटै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन् । देउवालाई विश्वासको मत दिन एमाले सांसदहरुलाई नेता खनालले आह्वानसमेत गरेका छन् ।

‘म नेकपा एमालेका संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनै पनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु’ नेता खनालले भनेका छन्, ‘मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकारकै पक्षमा हुने कुरा पनि यो वक्तव्यमार्फत प्रष्ट पार्न चाहन्छु ।’

भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालले आइतबार वक्तव्य जारी गर्दै आफ्नो मत देउवालाई रहेको उल्लेख गरेका हुन् ।