पुनस्र्थापित प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
आइतबार अपरान्ह ४ बजे संघीय संसद भवन बानेश्वरमा बैठक बस्न लागेको हो ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी थिइन् ।
आज बस्ने प्रतिनिधि सभा बैठकमा सरकारले १६ वटा विधेयकहरू पेश गर्ने तयारी गरेको छ । यीमध्ये बजेट सम्बन्धी ३ अध्यादेश थिए ।
साथै आज अपरान्ह ४ बजे राष्ट्रिय सभा बैठक पनि बस्दैछ ।
प्रतिनिधि सभा पुनर्स्थापना भएपछि अघिल्लो सरकारले हठात् राष्ट्रिय सभा अधिवेशन अन्त्य गरेको थियो ।
बैठकका लागि सबै तयारी पूरा भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
सांसदहरू, राष्ट्रिय सभा सदस्य, कर्मचारी लगायतको कोरोना परीक्षणसमेत भइसकेको छ ।
आइतबार बिहान १० बजे कार्यव्यवस्था समितिको बैठक पनि बस्ने तयारी छ ।
शनिबार बसेको मन्त्रिपरिषद बैठकले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका विधेयकहरू प्रतिनिधि सभामा पेश गर्दै प्रक्रियामा लैजाने निर्णय गरेको थियो ।