नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् ।

शुक्रबार एमालेको स्थायी कमिटी बैठक पनि बसेको थियो । बैठकले पार्टी एकताका लागि कार्यदलले बुझाएको प्रतिवेदन अनुमोदन गर्दै कार्यदल भंग गरेको थियो । शुक्रबार नै संसदीय दलको बैठक पनि बसेको थियो ।

पार्टीका वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालपक्षीय नेताहरुले दुवै बैठक रोक्न माग गरे पनि ओलीले मानेनन् । आज पनि दुवै पक्षका दोस्रो तहका नेताहरुले छलफल गरेका थिए ।

बैठक आइतबार (भोलि) बिहान ११ बजे बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बस्ने उनले बताए ।