बराहक्षेत्र ÷ नेपाली कांग्रेस बराहक्षेत्रका स्थानीय नेता तथा कार्यक्रताहरुले सोमवार सर्बोच्च अदालतले संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी भएसँगै खुशीयाली मनाइएका छन् ।

त्यस्तै बराहक्षेत्र १० स्थित प्रकासपुर चौकमा पनि नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुले संयुक्तरूपमा दिप प्रज्जलन गरेर सर्वोच्च अदालतको फैसलाको स्वागत गरौं’ लेखेर दीप प्रज्ज्वलन गरिएको छ । साबिक प्रकासपुर गाबिसका नेपाली कांग्रेस र माओवादी केन्द्रका स्थानिय नेता तथा कार्यक्रताहरु भेला भएर खुशियाली मनाएका थिए ।

संसद पुनस्थापना गर्ने सर्वोच्चको निर्णयपछि खुसीयालीमा बराहक्षेत्र ६ चक्रघट्टि स्थित बुधबारे चौकमा ‘सर्वोच्च अदालतको फैसलाको स्वागत गरौं’ लेखेर दीप प्रज्वलन गरिएका थिए । साबिक महेन्द्रनगर गाविसका कांग्रेसका नेता तथा कार्यक्रताहरु उपस्थित कार्यक्रममा सर्वोच्चले संविधान रक्षा गरेको भन्दै अदालतलाई धन्यवाद दिएका थिए । भन्ने केपि शर्मा ओलि बिरुद्ध नाराबाजि समेत गरेका थिए ।

सभामा बोल्दै नेपाली कांग्रेस महा–समिति सदस्य बावुराम बिष्टले आजको दिनलाई एैतियासिक दिनको रुपमा सधै नेपालीहरुले सम्झिरहने बताए । बिष्टले भन्ने कांग्रेस सभापति सेरबहादुर देउवा प्रधानमन्त्री बनाउने सर्वोच्चको फैसालले संविधान च्यात्ने ओलीलाई दरो झापड लागेको छ ।

नेपाली कांग्रेस वराहक्षेत्र १० का सह–सभापति तेजबहादुर गरुङ्गको संयोजकत्वमा आयोजना भएको कार्यक्रममा माओवादी केन्द्रका प्रदेस नं १ सदस्य नरेन्द्र बस्नेत , नेपाली कांग्रेस जिल्ला सदस्य टीका कट्वाल, नेपाली कांग्रेस क्षेत्र नं ४ कोषाध्यक्ष जय आचार्य , नेपाली कांग्रेस वराहक्षेत्र सह–सभापति नवराज बस्नेत, माओवादी केन्द्र प्रकासपुर सभापति राम कोइराला , माओवादी केन्द्रका नेता धनबाहदुर कट्बाल , नेपाली कांग्रेसका नेता ओम कोइराला , हुमरजंग बस्नेत , नेपाली कांग्रेसका वडा नं १० कार्यवाहक सभापति शम्बु राना मगर लगाएको सयौ नेता तथा कार्यक्रताहरुको उपस्थिति रहेको थियो ।

देशभरनै कांग्रेसले खुशियाली मनाईरहदा सुनसरीको बराहक्षेत्र नगरपालिका पनि चक्रघट्टी र प्रकाशपुर गरेर दुई ठाउँमा कांग्रेसले दिप प्रज्वलन  गरेर सर्वोच्च अदालतको निर्यणलाई स्वागत् गरेको हो ।

212345918_1669486106774902_1575709618000301898_n