धरान । नेपाल बसोबास बस्ती संरक्षण समाजले सुनसरीका विभिन्न गाउँपालिकाका सुकुम्बासी तथा भूमिहीन नागरिकहरूलाई राहत वितरण गरेको छ । 

बिहीबार कोशी गाउँपालिका–७ हरिपुर र इनरुवा नगरपालिका–८ खिक्रीपट्टि टोलबासीलाई खाद्यान्नलगायत सामग्री वितरण गरिएको केन्द्रीय अध्यक्ष कुमार कार्कीले जानकारी दिए । उनका अनुसार हरिपुरका २ सय २७ घर र खिक्रीपट्टि टोलका २५ घर परिवारलाई राहत दिइएको हो । उनीहरूलाई चामल, दाल, नुन, तेल र सोयाबिन वितरण गरिएको छ । 

वितरण कार्यक्रममा नेपाल बसोबास बस्ती संरक्षण समाज जिल्ला अध्यक्ष थामसेर लिम्बू, कोशी गाउँपालिका–७ का वडाध्यक्ष रामचन्द्र मेहता, केन्द्रीय अध्यक्ष कुमार कार्कीले राहत वितरण गरेका थिए । त्यस्तै बुधबार धरानको ७८ घर परिवारलाई पनि राहत वितरण गरिएको थियो ।

slum_area_donation_dharan (2)

जसमा धरान–१७ साउनेबस्तीका ४६ घर, धरान–१६ को सूर्यटोलका १९ घर र धरान–१३ को अमरबस्ती खका १३ घरपरिवारलाई खाद्यान्न लगायतका सामग्री दिइएको थियो । शुक्रबार धरानका ५० घरपरिवारलाई राहत वितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष कार्कीले जानकारी दिए । कोरोना महामारीका कारण दैनिक जीविकोपार्जनमा समस्या भएकालाई मध्यनजर गर्दै सामग्री वितरण गरिएको हो ।