ब्क्लाष्टखबर । भारतमा बुधबार काेराेना संक्रमणका कारण करिव ४ हजार काे मृत्यु भएकाे छ । 

बुधबार हाल सम्मकै धरै  ४ लाख १२ हजार ७८४ नयाँ काेराेना संक्रमित थपिएका छन्  । भारतिय संञ्चार माध्यमका अनुसार यस अघि ३० अप्रिलमा ४ लाख २ हजार ३५१ जना संक्रमित थपिएका थिए ।

त्यसपछि संक्रमितकाे संख्या घट्दै गएकाे भारतमा बुधबार हाल सम्मकै धरै संक्रमित थपिएका हुन् ।  ३ हजार ९८० संक्रमितकाे मृत्यु भएकाे छ । भारतमा काेराेना संक्रमित मृत्यु हुनेकाे संख्यापनि हाल सम्मकै  ठूलाे संख्या हाे । 

यसअघि महारष्ट्रमा अत्याधिक संक्रमणदर देखिदै अाएकाेमा बुधबार कनार्टकमा अत्याधिक संक्रमण देखिएकाे छ । कनार्टकमा २४ घण्टामा ५० हजार नयाँ संक्रमित थपिएका छन् । 

बेगलुरूमा बुधबार २५ हजार संक्रमित थपिएका छन् ।