धरान/ धरानमा थप एकजनाको कोरोना संक्रमितको मृत्यु भएको छ । 

मृत्यु हुनेमा धरान १२ का ७१ वर्षीय पुरुष रहेको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताएका छन् । 

उनका अनुसार २० गते बृद्धको स्वास्थमा समस्या आई धरान स्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान लगिएको थियो । 

प्रतिष्ठानमा कोरोना परिक्षण गर्दा बृद्धमा संक्रमण देखिए सगै प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा आज दिउँसो १ बजे मृत्यु भएको हो । 

यो संगै धरानमा कोरोनाको दोस्रो लहरमा मृत्युहुनेको संख्या ३ पुगेको छ । हाल धरानमा ३५६ जनामा संक्रमणा पुष्टि भएको छ ।