ब्लाष्टखबर । भ्रष्टचार, अधिनायकवाद, सर्वसत्तावाद र अलोकतान्त्रिक कार्यशैली भएकाे भन्दै मुख्य प्रतिपक्ष नेपाली कांग्रेसकाे देशव्यापी रूपमा सरकारको बिराेधमा उत्रिएकाे छ ।

देशका मुख्य सहरहरूमा विरोध प्रदर्शन भइरहँदा कांग्रेसकाे व्यानरसहित भएकाे विराेध प्रदर्शनमा सरकार प्रमुख प्रधानमन्त्री 'केपी ओली जिन्दावाद' र 'नेपाली काग्रेस मुर्दावाद' जस्ता नारा लागेकाे भिडियाेहरूमा सामाजिक संञ्जालमा भाइरल भइरहेका छन् । 

केही अनलाइन सञ्चारमाध्यमहरूले उक्त भिडियाेलाई आधार बनाएर समाचारहरू पनि सम्प्रेषण गरिरहेका छन् । गत मंसिर २९ गते देशव्यापी गरेको विरोध प्रदर्शनको क्रममा सुनसरीकाे सदरमुकाम इनरूवामा भएकाे बिराेध प्रर्दशनमा 'केपी ओली जिन्दावाद' काे नारा लागेकाे भनी समाचार सम्प्रेषण भएकाे भन्दै नेपाली कांग्रेसकाे जिल्ला कमिटी सुनसरीले गम्भीर आपत्ति जनाएकाे छ । 

जिल्ला कमिटी सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङले एक विज्ञप्ति जारी गर्दै समाचारमा लेखिए जस्ताे' केपी ओली जिन्दावाद' जस्ता सरकारकाे सर्मथन कुनै पनि नारा नलगाइएकाे बताउँदै उक्त विज्ञप्तिमा कडा निन्दा, घोर भत्र्सना र खण्डन गरेको  बताए । 

उनले सुनसरीमा मात्र नभइ देशको ७७ वटै जिल्ला र विदेशस्थित जनसम्पर्क समितिहरूले समेत विराेध गरिरहेकाे अवस्थामा ओलीको जयजयकार गरेको भनी समाचार संप्रेषण हुनु प्रेस जगत्का लागि पनि उचित नभएको जनाउँदै सही र सत्य समाचार प्रकाशन गरी प्रेसप्रतिको जनविश्वास कायम राख्न समेत सुझाब दिए ।

कांग्रेसले देश व्यापीरूपमा गरेकाे आन्दाेलन अन्तर्गत भएकाे आन्दाेलनका भिडियाेहरू भन्दै सामाजिक सञ्जालमा भाइरल भएकाे नेपाली कांग्रेस बूढीगंगा गाउँपालिका समितिकाे व्यानरमा भएकाे आन्दाेलनकाे भिडियाेमा 'केपी ओली जिन्दावाद' काे नारा लागेकाे छ ।

त्यस्तै, सामाजिक संञ्जालमै भाइरल भएकाे अर्काे भिडियाे आयाेजक नेपाली कांग्रेस जिल्ला कार्य समितिकाे गुल्मी लेखिएकाे व्यानर अन्तर्गत भएकाे विराेध प्रदर्शनमा 'नेपाली कांग्रेस मुर्दावाद'  भनेकाे सुन्न सकिन्छ । 

भाइरल भइरहेकाे भिडियाेकाे सन्दर्भमा प्रवक्ता तामाङले सम्पादन गरेर प्रकाशित गरेकाे हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

 

सामाजिक संञ्जालमा भाइरल भएका भिडियाेहरू