इनरुवा । नेपाली काँग्रेस सुनसरीले सरकारको विरोधमा इनरुवामा बिरोध सभाको आयोजना गरेको छ । उक्त सभालाई काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व अर्थ मन्त्री ज्ञानेन्द्र कार्कीले सम्बोधन गरेका थिए ।
बिरोध सभालाई सम्बोधन गर्दै नेता कार्कीले ओली सरकार सर्वसत्तावाद तर्फ उन्मूख भएको भन्दै नेकपा सरकारको अवसानको दिन आएको बताए । उनले मुलुकमा ब्याप्त भ्रष्टाचार, महंगी, अन्याय र अत्याचारबाट जनता आजित भएको भन्दै सरकार प्रति जनताको विश्वास गुमेको बताए ।
उक्त बिरोध सभालाई पार्टी सभापति तथा प्रदेश नम्बर १ का प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला सहितका नेताहरुले सम्बोधन गरेका थिए ।
बिरोध सभा पूर्व काँग्रेस नेता तथा कार्यकर्ताले इनरुवामा जुलुस निकालेका थिए । सरकार बिरोधी प्रदर्शनमा काँग्रेस समर्थितहरुको बाक्लो उपस्थिति रहेको थियो ।