विराटनगर । नेपाली काँग्रेस मोरङले प्रदेश १ को राधजानी विराटनगरमा सोमबार सरकारविरुद्ध प्रदर्शन गरेको छ । सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले विरोध प्रदर्शन गरेको हो ।
मोरङको १७ वटा स्थानिय तहहरूबाट सहभागि भएका कार्यकताहरूले विराटनगरस्थित वीरेन्द्र सभा गृहमा भेला भएर विरोध ¥यालीसहित जनआन्दोलन चौकमा आएर कोण सभामा परिमाणत भयो । सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले दुई तिहाइको सरकार भ्रष्टाचार र अनियमिततामा लागेको आरोप लगाए ।
पार्टीका नेता रामचन्द्र पौडेललाई धरपकड गरेको बाहनामा आफूहरु सडकमा आएको उनले बताए । ‘सरकारले जनता र लोकतन्त्र विरोधी गतिवधि अगाडि बढायो, भ्रष्टाचार, अनियमितता पनि बढायो, हामीले ३ वर्षसम्म हेरेर बस्यौं,’ विरोध सभालाई सम्बोधन गर्दै कोइरालाले भने, ‘अनि बाध्य भएर पौडेलजी माथि जस्तो हस्तक्षेप भयो त्यसलाई बाहना बनाएर ७७ वटै जिल्लामा हामीले विरोध जनाउन सडकमा आएका हौं ।’ आउँदो निर्वाचनमा एक बनाएर अगाडि बढाउने आफ्नो दायित्व भएको भन्दै कांग्रेस एक भएको खण्डमा कोही मिल्दैमा कांग्रेसलाई हराउन नसक्ने उनले बताए ।
कांग्रेसको आदर्श, इतिहास र विचार भएको कारण कसैले हराउन नसक्ने दाबी गर्दै कोइरालाले हालसम्मको नेपालको आन्दोलनको नेतृत्व गर्दै आएको र आर्थिक समृद्धिको सुरुवात पनि कांग्रेसले नै सुरु गरेको दाबी गरे ।
कार्यक्रममा प्रतिनीधि सभाका सांसद रमेशजंग कार्की, मोरङ काँग्रेसका सभापति डिकबहादुर लिम्बुले बर्तमान सरकार कोरोना नियन्त्रण र जनताको मन जित्न अफसल भएको दाबी गरे ।
विरोधसभा हुनु अघि कांग्रेसका तरुण दलले विरानगरस्थित तीन पैनीबाट मोटरसाइकल ¥याली निकालेको थियो । उक्त र्याली नगर परिक्रमा पछि जनआन्दोलन चोकमा पुगेर सभामा परिणत भएको थियो ।