बलाष्टखबर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा )काे स्थायी कमिटी बैठक पार्टी कार्यालय धुमबाराहीमा सुरू भएकाे छ । बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने उक्त बैठकमा सहभागी भएका छैनन् ।

यस अघि शनिबार बसेकाे पार्टीकाे सचिवालय बैठकले आजका लागि तय गरेकाे स्थायी कमिटी बैठकमा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रस्ताव बारे छलफल हुने कार्यसुचि रहेकाे छ । 

यस अघी सुरक्षा थ्रेटका कारण भन्दै सचिवालय बैठक बस्न नसकेकाे पार्टी मुख्यालयमा स्थायी कमिटी बैठक बस्ने भएपछि कडा सुरूक्षा सतर्कता अपनाइएकाे छ । ठूलो मात्रामा सुरक्षाकर्मीहरू परिचालन गर्नुका साथै कुकुरहरूको समेत प्रयोग गरिएको छ।