बिर्तामोड । राजसंस्था पुस्र्थापनाको माग गर्दै शनिबार झापामा राप्रपाले ¥याली निकालेको छ ।

पुर्वी नाका काँकडभिट्टाबाट शुरु भएको राप्रपाको ¥यालीले बिर्तामोडमा आएर कोणसभा गरेको थियो ।

राप्रपाले संघीयता खारेजीको पनि माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा प्रदर्शन गरेको हो । राप्रपाले मोटर तथा मोटरसाइकल ¥यालीको आयोजना गरेर प्रदर्शन गरेको हो । ¥यालीमा हजारौंको सहभागिता रहेको थियो ।

प्रदर्शनका लागि जिल्लाका १५ वटै स्थानीय तहबाट नागरिकहरु पूर्वी नाका काँकडभिट्टामा भेला भएका थिए । दिउँसो साढे २ बजे काँकरभिट्टाबाट एकीकृत ¥याली प्रारम्भ भएको थियो । बिर्तामोडमा भएको कोणसभामा राप्रपाका नेता तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले शनिवारको प्रदर्शन शुरुवात मात्र भएको बताए । उनले भने, ‘यो प्रदर्शन कास्टिङ मात्र हो । क्लाइमेक्स आउन बाँकी नै छ ।’

राजसंस्था तथा हिन्दुराष्ट्र देशको आजको आवश्यक्ता भएको नेता लिङदेनले बताए । उनले जनचाहना बिपरीत मुलुकलाई संघीयतामा लगिएको आरोप लगाए । राजसंस्था स्थापनाका लागि देशभर हुँदै गरेको आन्दोलनको नेतृत्व राप्रपाले गर्ने भन्दै लिङदेनले चाँडै नै काठमाण्डौ घेर्न जान कार्यकतालाई तयार रहन आग्रह गरे ।