धरान । नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन स्थायी कमिटीमा पेस गरिने निर्णय भएको छ ।

शनिबार बसेको नेकपा सचिवालय बैठकले भोलि आइतबार हुने स्थायी कमिटी बैठकमा दुवै अध्यक्षको प्रस्ताव पेश गर्ने निर्णय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई बताएका छन् ।

उनले शनिबारको बैठकमा ओली र दाहालको प्रस्तावबारे निष्कर्ष ननिस्किएपछि स्थायी कमिटीमा पेस गर्ने निर्णय भएको हो ।