धरान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक फेरि बुधबार  दिउँसो १ बजे बस्ने गरी सकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे मंगलबारको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि छलफल शुरू भएको छ। करिब साढे ४ घण्टा चलेको बैठकमा अध्यक्ष ओली र दाहालले आफ्ना धारणा राखेका थिए। अरु नेताले पनि सामान्य टिप्पणी गरेको र बाँकी छलफल भोलिको बैठकमा हुने बताइएकाे छ ।

पार्टीको समस्या र समाधानका विषयमा केन्द्रित भएर गम्भीर छलफल हुन बाँकी रहेकाे बताइएकाे छ । बुधबार नेकपाका महासचिव विष्णु पाैडेलकाे जन्मदिन मनाउँदै बैठक सुरू भएकाे थियाे । पार्टी कार्यालय धुम्बाराहीमा तय भएकाे बैठक प्रधानमन्त्री तथा अध्यक्ष ओलीले सुरक्षा चुनाैती रहेकाे भन्दै बालुवाटार सारेका थिए ।