ब्लाष्टखबर  । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्दा सुरक्षा थ्रेट हुने भन्दै बालुवाटार बाेलाइएकाे छ ।

गत शनिबारपनि बालुवाटारमा नै बसेकाे सचिवालय बैठकले बहुमतले आजकाे बैठक पार्टी कार्यालय धुमबाराहीमा बस्ने निर्णय गरेकाे थियाे । तर मृहमन्त्रालयमा धुम्बाराहीमा बैठक बस्दा सुरक्षा थ्रेट हुने रिर्पोटिङ रहेको भन्दै बालुवाटारमा बैठक बाेलाइएकाे नेकपा स्राेतले जनाएकाे छ । 

धुम्बाराहीमा बैठक राख्दाँ राजावादीहरुबाट हो-हल्ला, जुलुस र सुरक्षा खतराको संकेत देखिएकोले बैठकस्थल सार्नैपर्ने जरुरी सन्देश खुमलटारलाई दिइएको जनआस्थाले उल्लेख गरेकाे छ । 

सुरक्षा थ्रेट कसलाइ रहेकाे भन्ने उल्लेख नभएपनि राष्ट्रिय अनुसन्धान विभागले दिएको रिपोर्टकाे हवाला दिदै गृहमन्त्रीले समेत ‘गम्भीर सुरक्षा थ्रेट’ रहेको बताएका स्रोतले जनाएकाे छ । सत्तारूढ दलकाे पार्टी कार्यालयमा सचिवालय बैठक बस्दा सुरक्षा थ्रेड भएकाे भन्दै सारिनु अनैठाे रहकाे एक नेताले बताएका छन् ।