विराटनगर । सुनसरी दुहबी नगरपालिका – २ का १७ वर्षिय सुजन नारायण चौधरीको घरदेखि साथीको घर जान्छु भनेर हिडेको दिन मंसिर ११ गते साँझ साथीले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

घरछेउका २० वर्षिय सुमन झाले सामान्य निहुँमा आवेगमा आएर हत्या गरेको सुनसरी प्रहरी र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रहरीले टोलीले गरेको अनुसन्धानबाट खुलेको हो ।

केही दिन अगाडी लागेको मेला र सार्वजानिक ठाउँमा चौधरीले अपशब्द प्रयोग गर्दै बेइज्जत गरिदिएको कारणले त्यसको रिस फेर्न हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिए ।

यसरी गरे सुजनको हत्या

सुजन मंसिर ११ गते साँझ घरबाट साथीकोमा जान्छु भनेर हिडेको दिननै सुमनले हत्या गरेको अनुसन्धानबाट खुलेको एसपी थापाले बताए । फोन गरेर सुमनले सुरजलाई बोलाएपछि साथीकोमा जान्छु भनेर घरबाट हिडेका थिए । घरदेखि दक्षिण दुहवी नगरपालिका २ स्थित अरुण बनस्पती उद्योगको कम्पाउण्डको उत्तर पट्टी रहेको खालि जग्गामा सुमन बसेका थिए । साँझको साढे ६ बजेपछि उनीहरू बिच विगतका भएको कुरालाई लिएर झनाभन भयो । ‘उमेरको हिसावले पनि जेठो सुमनले सार्वजानिक स्थलमा मैले लगाएको पहिरनलाई लिएर मेरो बेइज्जत गर्ने भन्दै कुटपिट गर्न थाले । सुजन खाली चौरमा रहेको ढुंगामा लडे । भुईमा लडाएर सुमनले सुजनको घाँटी थिचे । रिसको आवेगमा आएर सुजनको घाँटी थिचेर हत्या गरेको प्रहरीसँगको बयानको क्रममा स्वीकार गरेका छन्,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘हत्या गरेपछि खाली चौरमा झाडी भित्र फालिदिए र सुमन आफ्नो घरतर्फ लागे । हत्या गरिसक्दा रातीको साढे ८ बजेको थियो ।’

हत्या गरेपछि सुमन मंसिर ११ गते विहान सबेरै उठेर घटना स्थलमा पुगेर सुजनको शव हेरेका थिए । ‘हत्या गरेपछि भोलीपल्ट शव हेर्न सुमन घारीमा पुगेको बयानको क्रममा भनेका छन्,’ प्रहरी स्रोतले भन्यो, ‘घारी भित्र मृत अवस्थामा कसैले नदेख्ने ठाउँमा शव रहेको देखेपछि त्यहाँबाट घरतर्फ लागे ।’

हत्यापछि घटना लुकाउन अपहरणको नाटक

सुजनको हत्या गरेपछि सुमनले घटना लुकाउन अपहरणको नाटक गरेको सुनसरी प्रहरी प्रमुख एसपी थापाले बताए । ‘सुजन घरबाट हराएको दिन हत्या गरेको स्वीकार गरेका छन्,’ एसपी थापाले भने, ‘कर्तब्य गरेपछि सुमन घर पुगेका थिए । रातीसम्म घर नआएपछि सुमनको मोवाइलमा आमाको फोन आउँछ । सुमनले फोन उठाएर ‘तपाइको छोरा मेरो कब्जामा छ’ भनेर फोन राखेर मोवाइल अफ गरिदिन्छन् ।’ घटनालाई मोड्न सुमनले निक्कै चलाखि गरेको एसपी थापाले बताए । कर्तब्य गरेको घटनलाई लुकाउन अपहरणको नाटक मन्चन गरेको पनि देखिएको उनले बताए ।