विराटनगर/ साथीको जान्छु भनेर पाँच दिनदेखि बेपत्ता भएका सुनसरीको दुहबी नगरपालिका ३ भीरगाउँका १७ वर्षिय सुजन चौधरी हत्या गरिएको अवस्थमा सोमबार विहान ५ बजे शव भेटिएको छ ।

घरदेखि करिब ५ सय मिटर दक्षिणमा सुभलक्ष्मी खाद्य उद्योगको पछाडी सुजनको शव भेटिएको हो । नेपाल टेलिकम क्षेत्रिय कार्यालय विराटनगरमा कार्यरत अधिकृत सुरेन्द्र नारयण चौधरीका छोरा मंसिर १० गते साथीको घरमा जान्छु भनेर हिडेका थिए ।

साझसम्म घर नआएको र आफन्तकोमा पनि नभेटिएपछि खोजतलासी गरिदिन इलका प्रहरी कार्यालय दुहबीमा मंसिर ११ गते जाहेरी दिएका थिए । भतिज हराएको प्रहरीलाई जानकारी गराएको चारदिनपछि सुजनको लाश भेटिएको काका हुलासचन्द चौधरीले जानकारी दिए ।

सालोको मोबाइलमा एक पटक फोन सम्र्पक हुदा अपहरणकारीले सुरज आफ्नो कब्जामा रहेको सुरजका बावु सुरेन्द्रलाई जानकारी गराएको मृतकका भिनाजु हुलाचन्द चौधरीले बताए । ‘सालोको मोवाइलमा एक पटक फोन सम्र्पक हुदा उत्ताबाट सुरज हाम्रो कब्जा भ भनेर अज्ञात समूहले फोन सम्र्पकमा भनेको थियो,’ मृतकका भिनाजु हुलासचन्दले ब्लाष्टलाई सुनाए, ‘त्यस यतादेखि फोन अफ भयो ।’ परिवारले दिएको जानकारी अनुसार अपहरण कारीले फिरौति रकम पनि नमागेको बताएका छन् । सुरजसँग एउटा ट्याप रहेको थियो । प्रहरीले सो ट्याप पनि बरामद गरेको छ ।

कक्षा १२ मा इटहरीस्थित गोदावरी कलेजमा अध्ययरत सुरजको अपहरणपछि हत्या गरिएको हुनसक्ने सुनसरी प्रहरीले जानकारी दिएको छ । प्रहरीले यस घटनामा दुहबी नगरपालिका २ का २१ वर्षिय सुमन झालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । झा मृतक सुरजका छिमेकी हुन् । स्रोतले दिएको जानकारी अनुसार सुरजको लाश पनि पक्राउ परेका सुमनले देखाएको बुझएको छ । के कारणले सुरजको हत्या गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका विशेष प्रहरी टोलीसहितले अहिले अनुसन्धान सुरु गरेको छ ।

सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । ‘एक जनालाई नियन्त्रणमा लिएर अहिले अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘मतृकको शव अहिले पोस्माटम गरिन पठाएको छ ।’ मृतकको शव पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उनले जानकारी दिए । सुरेन्द्रका सुरज एक मात्र छोरा हुन् ।

mritak

मृतक सुजन चौधरी