ब्लाष्टखबर ।  प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रस्तावका कारण  पार्टीमा गंभीर सङ्कट निम्त्याएको बताएका छन् । 

नेकपाकाे आज बसेकाे सचिवालय बैठकमा यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहालले पेस गरेकाे प्रतिवेदनका ेजवाफमा ओलीले पेस गरेको राजनैतीक प्रतिवेदनमा दाहालले वितरण गरेको 'प्रस्ताव'को प्रस्तुति तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सङ्कट निम्त्याएको उल्लेख गरिएको छ ।

उनले दाहालकाे उक्त प्रस्ताव पार्टी विधान अनुसार बैठकमा प्रस्तुत गरिने प्रस्तावको कुनै वैधानिक या राजनीतिक हैसियत नराख्ने बताउँदै त्यसमा महत्व नदिँदा पनि हुने बताएका छन् । 

ओलीले प्रस्तावमा दहालले उठाएका सङ्गीन र भ्रमोत्पादक प्रश्नहरुलाई अनुत्तरित राखी छाड्नु पार्टी, कम्युनिष्ट आन्दोलन, देश र जनताकै अहितमा हुने भन्दै आफ्ना विचारहरु प्रस्तुत गरेको बताएका छन् ।

ओलीकाे उक्त ३८ पेजकाे प्रतिवेदनमा ५३ बुँदामा दाहालले पेस गरेकाे प्रतिवेदनकाे खण्डन गर्दै, दाहालले लगाएकाे आराेपहरू अस्विकार गरेकाे बताएका छन् ।

उनले उक्त प्रतिबेदन मार्फत पार्टीकाे विग्रह निम्त्याउने उक्त प्रस्ताव सचिवालय बैठकबाट खारेज गरी भदाै २६ गते स्थायी कमिटिले निर्माण गरेकाे सहज अवस्थामा फर्कन आग्रह गरेका छन् ।

ओलीले जवाफी प्रस्ताव मार्फत दाहाललाई पार्टी नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्न आग्रह गरेका छन् । उनले आफु नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्न तयार रहेको भन्दै दाहालसँग प्रश्न गरेका छन्, ‘म यहि दस्ताबेजलाई मेरो अध्यक्षको जिम्मेवारी हस्तान्तरणको औपचारिक लिखत बनाउन तयार छु । के तपाई तयार हो ?

पूर्णपाठ