धरान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज भएको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफी प्रस्ताव पेस गरेका छन ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत कात्तिक २८ को सचिवालय बैठकमा छुट्टै प्रस्ताव पेस गर्दै अध्यक्ष ओली विरुद्ध विभिन्न आरोप समेत लगाएका थिए । त्यहि आरोप पत्रको खण्डन गर्दै ओलीले आफ्नो लिखित जवाफ पेस गरेका हुन् । ओलीले आफ्नो जवाफमा पार्टी फुटका विषयमा अहिले कसैले सोच्न नहुने धारणा राखेका थिए।

ओलीको उक्त प्रस्ताव सचिवालय सदस्यहरुले अध्ययन गरेपछि मंसिर १६ गते दिउँसो एक बजे बस्ने सचिवालय बैठकमा छलफल हुने निर्णय भएको छ । ओलीको प्रस्ताव खाममा राखेर सचिवालय सदस्यहरुलाई दिइएका छन् ।

प्रधानमन्त्री ओलीले छुट्टै प्रतिवेदन तयार पार्न समय मागेपछि दश दिनपछि आज सचिवालय बैठक बसेको हो । नेकपाको मंसिर १८ मा स्थायी कमिटी र मंसिर २५ मा केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।