ब्लाष्टखबर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरू भएकाे छ ।
बालुबाटारमा सुरूभएकाे उक्त बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा अाेलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनको जवाफमा राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची छ ।
नेकपा भित्र शिर्षनेता बिच लामाे समय देखी बढ्रदै गएकाे बिवाद र सम्बाद हिनता पार्टी फुट्न सक्ने अवस्था सिर्जना भएकाे बताइरहेकाे बेला यस अघि प्रचण्डले पार्टी भित्र तथा सरकार संञ्चालनमा एकल निर्णय गर्दै गैर जिम्मेबारी पूर्ण निर्णयहरू गरेकाे भन्दै प्रतिवेदन बुझाएका थिए ।
उक्त, प्रतिवेदनकाे जवाफमा आजको बैठकमा प्रधानमन्त्री ओलीको प्रस्तुति नै पार्टीका लागि एउटा निर्णायक मोड हुनसक्ने भन्दै याे बैठक निकै चासोपूर्वक हेरिएको छ।