वराहक्षेत्र  । सुनसरी क्षेत्र नं. १ का संघीय सांसद जय कुमार राइले बराहक्षेत्र नगरपालिकाको मिलनचौक –सुर्यकुण्ड पक्की सडक संघीय सरकारको प्राथमिकतामा रहेको बताएका छन् । 

साथै उनले धरानचतरा सडकको बाघखोलामा बांकी रहेको १ किलोमीटर पिच सडक र खोलामा पक्की पुल बनाई छाड्ने बताएका छन् ।

शुक्रबार नमूना सामुदायिक विद्यालयको रुपमा विकास भईरहेको वडा नम्बर २ स्थित आदर्श माध्यमिक विद्यालयको कार्यलय भवनको उदघाटन गर्दै प्रमुख अतिथि सांसद राईले त्यस्तो बताएका हुन् ।

साविक वराहक्षेत्रको वार्ड नं. ७, ८ र ९ नं. वडा बासीलार्ई मुख्यबजारसंग जोड्ने एकमात्र भरपर्दो बाटो तथा धरान चतरा सडक खण्डको बाघखोलामा पक्की पूल निर्माण सम्बन्धमा सोधिएको प्रश्नको उत्तर दिंदै राइले साे कुरा बताएका हुन् । उनले मंसीर महिना भित्रै बाघखाेलाकाे काम सुरू हुने बताएका छन् ।