ब्लाष्टखबर । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई दिने भ्रमणका लागि आज नेपाल आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण  शृङ्गला होटल द्वारिका तर्फलागेका छन् । उनि भ्रमण अवधिभर द्वारिकामा रहेने छन् । 

आजै १२ बजे परराष्ट्र मन्त्रालयमा पुगी परराष्ट्र सचिव भरतराज पौडेलकोसंग भेटघाट गर्नुका साथै दुईपक्षीय विषयहरुमा वार्ता हुने परराष्ट्र मन्त्रालय स्रोतले बताएकाे छ । त्यपछि परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारीलगायतलाई भेट्ने कार्यक्रम छ ।

काठमान्डाैं स्थित भारतीय दूतावासका अनुसार श्रृंगलाले आज विभिन्न दलका नेतासँग भेट गर्न छन् । उनले भेटघाट गर्ने नेताहरूमा नेकपाका  अध्यक्ष पुष्पकमल दाहाल , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत जनता समाजवादी पार्टीका नेताहरूसँगको भेटका लागि पनि तयारी भइरहेको बताइएकाे छ । 

शुक्रबार भने ज्यापु समाजको भवन उद्घाटन र गोर्खाको विद्यालय भवनको उद्घाटन कार्यक्रममा सहभागी स्वदेश फर्कने छन् ।