ब्लाष्टखबर । टर्कीमाकाे तेस्राे ठूलाे सहर इजमीरमा भुकम्पका कारण ठूलाे क्षतिभएकाे छ । 

टर्कीसँगै एथेन्स र ग्रीससमेत प्रभावित बनाएउने गरी अाएकाे भूकम्पको तीव्रता ७ म्याग्निच्युड मापन गरिएकाे यूएस जियोलोजिकल सर्भेले जनाएकाे छ ।

पछिल्लाे अपडेट अनुसार  क्षति ग्रस्त क्षेत्रबाट २० जना टर्कीस नागरिकको शव निकालिएको छ, भने ७७६ जना घाइते अवस्थामा भटिएकाे बीबीसीले उल्लेख छ।  ।

सन् १९९९ को अगष्ट महिनामा राजधानी इस्तानबुलबाट दक्षिणपूर्वमा पर्ने इजमीतमा ७ दशमलव ६ म्याग्निच्युटको भूकम्प जाँदा १७ हजारभन्दा धेरैको ज्यान गएको थियो।