धरान । धरानका पुरानो ब्याण्ड मिक्स मेलोडीका गायक संजिब लामा अहिले प्रवासमै रहेपनि नेपाली गीतसंगीत क्षेत्रलाई छोड्न सकेका छैनन । उनि विदेशमा रहंदा होश या स्वदेशमा राहेको बेला ,आफ्नो केही न केही सृजना स्रोतामाझ पस्केका नै हुन्छन ।

यो पालि भने आफ्नो गृहनगर धरान आएको समयमा कोरोनाको कारणले धरानमै लकडाउनमा परे । उनले यहि लकडाउनलाई सदुपयोग गर्दै यसपाली धरानका सङ्गीतकर्मीहरु रोहित मास्के, हेम सुब्बा , मनोज मोतेसंग बिभिन्न गीत रेकर्ड गर्नुको साथै संदेशमुलक भिडियो समेत निकाले । यो संगै उनले आफ्ना अधुरा थुप्रै गीतहरु रेकर्ड गर्नुका साथै  ति मध्य एक 'जब घाम डुब्छ म हुन्छु खुशी' गीतकाे भिडियो समेत तयार गरेका छन्।

सिल्भर इन्टरटेनमेन्टको युट्युब च्यानल मार्फत भर्खरै रिलिज गरिएको यस गीतमा उनले आफ्ना दुई छोरीहरु कृस्टी र कृस्मा लामा लाई समेत अभिनय गराएका छन् ।

छोरीहरुकै सम्झनामा गीतकार हांगयुग अज्ञातसंग मिलेर लेखेको गीतमा मनोज मोते संग मिलेर उनले संगीत तयार गरेका छन्।लकडाउनको समयमा छोरीहरु पनि संगै धरानमै रहेकोले चोरिहरुकै लागि लेखिएको गीतमा किन उनीहरुलाई नै नखेलाउने भनेर अभिनय गराएको गायक लामा बताउँछन् ।
प्रशान्त तामांगको छायांकन र सम्पादन रहेको गीतको भिडियो गायक लामा स्वयम्को निर्देशन रहेको छ ।

उनले आफ्नो पुरानो गीत लौ है माया नमार घुम्न जाउँ धरानको समेत रिरेकर्ड गरेर भिडियो तयार गरेका छन् । उक्त भिडियो चै दसैं तिहार पछि रिलिज गर्ने तयारीमा छन् ।