ब्लाष्टखबर । भाेजपुर जिल्लाकाे हतुवागढी गाउँपालिकाकी उपाध्यक्षकाे निधन भएकाे छ । एक साता देखी अस्वस्थ रहेकी ४२ वर्षीय उपध्यक्ष चन्द्रमा राईकाे गयराती निधन भएकाे छ । 

प्रेसरकाे समस्याले असाेज १ गते धरान स्थित विपि काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा भर्ना भएकी उनकाे प्रतिष्ठानमा उपचार हुन नसक्ने भएपछि न्यूरो हस्पिटल विराटनगर पुर्याइएकाे उनकाे उपचारकाे क्रममा मृत्यु भएकाे हतुवागढी गाउँपालिका प्रमुख प्रेमकुमार राईले जनाकारी गराएका छन् ।

उनका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे भोजपुर जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेकी उपाध्यक्ष राई एक सातादेखि ज्वरो, खोकी र झाडा पखालाले ग्रस्त भएपछि भदौ २९ गते प्राथमिक स्वास्थ्य केन्द्र घोरेरटारमा भर्ना गरिएको थियो । 

राईकाे निधनपछि गाउँपालिकाकाे आकस्मिक बैठक आज बिहान बस्दै छ । बैठकमा राईको शवलाई भोजपुर ल्याउने विषयमा छलफल हुने गाउँपालिका अध्यक्ष राईलाई बताए ।