विजयपुर । मदन भण्डारी स्पोर्टस् एकेडेमी धरानले असोज ३ गते रक्तदान तथा स्वास्थ्य परामर्श कार्यक्रम गर्ने भएको छ ।

भानुचोकको लोकतान्त्रिक चौतारीमा बिहान ८ बजेदेखि कार्यक्रम शुरु हुने एकेडेमीले जनाएको छ । अस्पतालमा रगतको अभावलाई मध्यनजर गर्दै रक्तदानको आयोजना गरिएको एकेडमीका अध्यक्ष प्रसन्त पाठकले वताए । कार्यक्रममा १ सय पिन्ट रगत संकलन गर्ने लक्ष्य रहेको पाठकले जानकारी दिए ।

रक्तदान सँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहयोगमा स्वास्थ्य परामर्श पनि गरिने भएको छ । सेवक अभियानको सहकार्यमा आयुर्वेद सम्बन्धि पनि जानकारी दिईने बताइएको छ । कार्यक्रमका आर्थिक व्यवस्थापन मदन भण्डारी फाउण्डेसन सुनसरीले गर्ने फाउण्डेसनका सदस्य रवी खनालले जानकारी दिए ।