Trending Tags

अपशब्द प्रयाेग गरेकाेमा सांसद साँवा पार्टीबाट निलम्बित

alt
  • भदौ २८, २०७७
  • ब्लाष्ट खबर


ब्लाष्टखबर । एक नम्बर प्रदेशकी सांसद होमकुमारी साँवाले एक युवतीलाई अपशब्द प्रयोग गर्दै गाली गरेका कुरा सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनलाई नेकपाले तीन महिनाका लागि निलम्बन गरेको छ ।

नेकपा ताप्लेजुङकी सदस्य समेत रहेकी साँवाले ती युवतीलाई म्यासेन्जरमा कुराकानीका क्रममा अपशब्द प्रयोग गरेकी थिईन् । त्यो कुराकानी युवतीले नेकपा पार्टी कार्यालयका सदस्य सन्तोष खतिवडालाई देखाएकी थिईन् । खतिवडाले सो म्यासेज स्क्रिन सट गरेर लगेका थिए । पछि फेसबुकमा फेकआईडी मार्फत उनीहरु बीचको कुराकानी सार्वजनिक भएको थियो । सो फेकआईडीमा प्रदेश सांसद बलबहादुर साम्सोहाङको तस्बिर समेत रहेको पाइएपछि उनीपनी पार्टीको छानबिनमा परेका छन् ।

नेकपाले ताप्लेजुङ जिल्ला इन्चार्ज भास्कर काफ्लेको संयोजकत्वमा प्रदेश सदस्यहरू मिङमाडन्डु शेर्पा र प्रदेश परिषद् सदस्य राम सुवेदी रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । सो समितिले सांसद साँवालाई निलम्बन र सांसद साम्सोहाङ र सदस्य खतिवडालाई आत्मालोचना गराउन सिफारिस गरेपछि जिल्ला कमिटीले अनुमोदन गरेको थियो ।

 

कृषिमन्त्री भुसाललाई ...

बिर्तामोड । कृषि मन्त्री घनश्याम भुसालले कृषकको उपस्थित ...

नियम मान्दैनन् याताय ...

विजयपुर । सरकारले लागु गरेको भाडा दर र स्वास्थ्य सुरक्ष ...

धनकुटामा घर भत्कीदा ...

ब्लाष्टखबर । धनकुटामा घरले पुरिदा  ७ महिनाकी नाबाल ...

‘कसैले खाना नखाएको स ...

११ वडामा विभाजित बेलबारी नगरपालिका कुल १ सय ३२ दशमलव ७९ ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved