विजयपुर / जनता समाज पार्टी (जसपा) धरान नगर कमिटिले कोरोना भाइरसको कारणबाट रोजगार गुमाएका अति विपन्न तथा गरिब ३ सय ५० जनालाई राहत सामग्री वितरण गरेको छ ।

शुक्रबार धरान–७ स्थित पार्टी कार्यालयमा एक कार्यक्रम गरि राहत वितरण गरेको हो । ३ लाख ५० हजार बराबरको राहत सामाग्री वितरण गरिएको जसपा धरानकी बरिष्ठ उपाध्याक्ष तथा राहत सामाग्री वितरण समितिकी संयोजक बीना कुमारी राईले जानकारी दिइकी छन ।

प्रतिव्यक्ति २० किलोको १ बोरा चामल वितरण गरिएको पनि संयोजक राईले बताइन । राहत सामाग्री जसपाका बरिष्ठ नेता अशोक राईको उपस्थितिमा वितरण गरिएको थियो ।

जसपा धरान नगर कमिटिको पहल र नेपाली समाज अमेरिकाको आर्थिक सहयोगमा राहत वितरण गरिएको जसपा धरानका अध्यक्ष ताजुव लिम्बूले जानकारी दिएका छन ।

संयोजक बीना कुमारी राईले कोरोना भाइरसका कारणले समस्यामा परेका नगरवासीहरुलाई वितरण गरेको वताएकी छन । उनले अवस्था यस्तै रहिरह्यो भने पुन राहत वितरणको कार्यक्रम ल्याउने पनि जानकारी दिएकी छन ।