धरान । किरात खम्बुवान साझा पार्टीको सुनसरी जिल्ला कार्य समितिको पुनर्गठन भएको छ ।
पुनर्गठित कार्य समितिको अध्यक्षमा गमबहादुर राई चयन भएका छन् भने उपाध्यक्षमा शुभराज राई, जर्णबहादुर राई र केशर राई, सचिवमा राजेश राई, सह सचिवमा अमित राई , कोषाध्यक्षमा धनराज तामाङ र सह कोषाध्यक्षमा खुबराज नेवार चयन भएका छन् । समितिका सदस्यहरुमा राजेन्द्र राई, बीरबहादुर राई, धनबहादुर राई, रामकुमार सुब्बा, बिएम लिम्बु र डम्बर राई चयन भएका छन् ।
पार्टीका संस्थापक केन्द्रीय अध्यक्ष भूपी कोयीको प्रमुख आतिथ्यमा भएको पुनर्गठन कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष नरदेवी राई विशेष अतिथी, सचिवालय सदस्य श्रीकुमार राई, सविचव तेजेन्द्र राई, रमेश राई लगायतका केन्द्रीय सदस्य अतिथी रहेका थिए । उनीहरुले पुनर्गठित कार्य समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
प्रमुख अतिथी केन्द्रीय अध्यक्ष भूपी कोयीले प्रदेश १को नाम किरात प्रदेश नामाकरण हुनुपर्ने पार्टीको स्पष्ट धारणा रहेको बताए । उनले किरात सभ्यता, भुगोल र इतिहासको विरासत आत्मसात र सम्मान गर्ने राजनीतिक शक्तिहरु एक हुनुपर्ने बताए ।