धरान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा पठाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न सिफारिस गर्ने निर्णय गरेको हो । अब सरकारले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिलाई सिफारिस गर्नेछ। गएको फागुन २० गते देखि राष्ट्रियसभा सदस्यमा एक मनोनित सदस्य खाली छ ।
गत फागुन १४ गतेको नेकपा सचिवालय बैठकले अर्थमन्त्री युवराज खतिवडाको ठाउँमा गौतमलाई पठाउने निर्णय गरेको थियो तर नेकपाभित्रै विवाद उत्पन्न भएपछि निर्णय अन्योलमा परेको थियो । बिहीबारको बैठकले फागुन १४कै निर्णय सदर गरेको छ ।