तेह्रथुम / निषेधाज्ञाको समयमा बैठक तथा छलफल कार्यक्रम जस्ता सामुहिक कार्यक्रममा सहभागी नहुने म्याङलुङ नगरपालिकाका वडाध्यक्षहरुले जनाएका छन् । नगर प्रमुख संजयकुमार तुम्बाहाङफेले आफुहरुलाई पूर्वसूचना नदिई भदौ १२ गते आकस्मिक रुपमा बैठक बोलाएको र यो समय अत्यन्तै जोखिमयुक्त समय भएकाले आफुहरु निषेधाज्ञा जारी रहेसम्म कार्यपालिकाको बैठकमा सहभागी नहुने वडाध्यक्षहरुले संयुक्त बिज्ञप्ती मार्फत जनाएका हुन् ।
वडा नं. १ का अध्यक्ष ईन्द्रराज लिम्बु, ३ का अध्यक्ष पदम प्रसाद ढुंगाना, ४ का अध्यक्ष रामबहादुर खड्का, ५ का अध्यक्ष होमहादुर खड्का र ९ वडा का अध्यक्ष राजेन्द्र तामाङद्धारा हस्ताक्षरित बिज्ञप्तीमा निषेधाज्ञा जारी रहेसम्म आफुहरु कार्यपालिका बैठकमा सहभागी नहुने उल्लेख छ । तेह्रथुमको म्याङलुङमा कोरोना भाइरसको संक्रमित बढेसंगै जिल्ला प्रसासन कार्यलय तेह्रथुम भदौ १८ गतेसम्मका लागी निषेधाज्ञा जारी गरेको छ ।
कोरोना संक्रमित सबैभन्दा बढि म्याङलुङ बजारमै रहेको र म्याङलुङका जनप्रतिनिधीहरुले नै सम्यम्ता अपनाउनु पर्ने अवस्थामा कार्यपालिका बैठक राख्नु अनुचित रहेको ठहर गर्दै वडाध्यक्षहरुले लकडाउन तथा निषेधाज्ञाको पूर्ण पालना गर्न गराउन सबै सरोकारवालहरुमा विज्ञप्ती मार्फत आग्रह गरेका छन् ।
यसैबिच नगर प्रमुख संजयकुमार तुम्बाहाङफेले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका निम्ती जनप्रतिनिधीहरुसँग आवश्यक समन्वयका लागि कार्यपालिकाको बैठक बोलाएको बताए । कोरोना नियन्त्रण गर्नका लागि पनि जरुरी निर्णय गर्नु पर्ने हुदा बैठक बोएको उनको भनाई छ ।