• अनिल श्रेष्ठ

विराटनगर / विराटनगर महानगरपालिका भित्र आइतबार थपिएका ८६ संक्रमित मध्ये एउटै वडामा १६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर १६ मा १३ पुरुष र ३ जना महिलामा कोरोना संक्रमण देखिएको हो ।

अहिलेसम्म विराटनगरको एउटै ठूलामा १६ जना संक्रमित देखिएको यो पहिलो हो । थपिएका ८६ सँगै विराटनगरमा संक्रमितको संख्या ५ सय ६६ जना पुगेका छन् । आइतबार थपिएका मध्ये दोस्रोमा विराटनगर ६ वडामा संक्रमित देखिएको छ । विराटनगर ६ मा ७ पुरुष र ४ महिला गरि ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै विराटनगर ३ र ११ मा ९÷ ९ जना संक्रमण देखिएको छ । विराटनगर ३ मा ५ पुरुष र ४ महिला संक्रमित छन् । यस्तै विराटनगर ११ मा ५ पुरुष र ४ महिला संक्रमित भेटिएका छन् ।

यसैगरि विराटनगर १ मा २ जना, २ मा ४ जना, ३ मा ९ जना, ४ मा ५ जना, ५ मा ७ जना, ८ मा ३ जना, ९ मा ६ जना, १२ मा १ जना, १३ मा ३ जना, १४ मा २ जना र १५ मा ५ जना संक्रमित छन् । ३ जना वडा नखुलेको रहेको संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।