ब्लाष्टखबर । प्रदेश १ मा आज १०३ जनामा काेराेना संक्रमण देखिएकाे छ । संक्रमितहरू मध्याे ६९ जना पुरूष र ३४ जना महिला रहेकाे सामाजिक विकास मन्त्रालयले आजकाे काेभिड–१९ अध्यावधिक अपडेटमा उल्लेख गरेकाे छ ।

मन्त्रालयका अनुसार आज प्रदेश १ मा सबै भन्दा बढि माेरङमा ९२ जना, खाेटाङ्गमा ६ जना, सुनसरीमा २ जना,  इलाममा १ जना र प्रदेश १ स्थाइ ठेगाना नभएका २ जना रहेका छन्।

संक्रमण देखिएकाहरू मध्य माेरङकाे विराटनगरमा ५४ पुरूष र ३२ महिला , बुढिगंगामा ३ पुरूष, धनपालथान २ पुरूष, कटारीमा १ पुरूष रहेका छन् । त्यस्तै, सुनसरीकाे  दुहवीमा १ महिला र इटहरीमा १ पुरूष, इलामकाे देउमाइमा १ पुरूष, खाेटाङ्गकाे दिक्तेलमा ६ पुरूष र पुदेश १ बाहिर बाराका १ पुरूष र सिराहाकी १ महिला रहेका छन् ।