विराटनगर /  विराटनगरस्थित कोशी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

उपचारको क्रममा सिराहको विष्णुपुर गाउँपालिका १ का ४० वर्षिय पुरूषको बिहीबार ८ बजे राती मृत्यु भएको हो । निमोनिया भइ स्वासप्रश्वासमा समस्या रहेका विरामीको उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिए ।

मृतक मंगलबार राती अस्पतालको आइसालेशनमा भर्ना भएका थिए । ‘कोरोनाको लक्षण देखिएपछि हामीले अस्पतालको आइसोलेशनमा राखेर उपचार गर्दै आएका थियौं,’ डा. दासले भने, ‘रगतको मात्रा पनि कम रहेको विरामीको उपचारको क्रममा बिहीबार राती ८ बजे मृत्यु भएको हो ।’ उपचारको क्रममा रहेका विरामीको कोरोनाको लक्षण देखिएपछि बिहीबार दिउँसो ११ बजे स्वाब संकलन गरि परीक्षणको लागि पठाएको थियो । प्रदेश जनस्वास्थ्य ल्याबमा गरिएको रिपोट अनुसार बिहीबार सात बजे कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

यस अघि कोशी अस्पतालमा चार जनाको उपचारको क्रममा कोरोना संक्रमितको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा विराटनगर ३ र रंगेलीका एक जना छन् । कोरोबाट मोरङमा बिहीबारसम्म मृत्यु हुने संख्या आठ जना पुगेका छन् ।