धरान / तीन दिन यता धरानमा १३ जनामा कोरोना संक्रमण देखिएको छ । शनिवार धरान–१३ का एक जना आइतबार ९ जनामा सोमबार एक जना र मंगलबार २ जनामा कोरोना संक्रमण देखिएको हो । दिनहु संक्रमितको संख्या बढे पछि धरान उपमहानगरपालिकाले समुदायस्तरमा पिसिआर परीक्षण गर्ने भएको छ ।

धरान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिन विभागका चिकित्सकहरुले धरानको उच्च जोखिम क्षेत्रहरुको पहिचान गरे अनुसार तथ्यांक संकलन गरेर सबै वडामा ५ सयको हाराहारीमा स्वाब संकलन गरिने उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

‘धरानको २० वटै वडाको स्वाब संकलन गरि परीक्षण पछि मात्र लकडाउन गर्ने नगर्ने भन्ने निर्णय गर्ने उपमहानगरपालिकाले जनाएको छ ।