धरान/ धरानस्थित प्रिति भल्व एण्ड फिटिङ्समा कार्यरत धरान-१५ का संक्रमितसँग सम्पर्कमा आएका २ जनामा कोरोना पुष्टी भएको छ ।

हिजोमात्र संक्रमणको पुष्टी भएका ५० वर्षीय पुरुषको भाइलाई कोरोना संक्रमण देखिएको हो । यस्तै केही दिन अगाडीका संक्रमितकाे सम्पर्कमा रहेका धरान-१ का अर्का २० वर्षीय पुरूषमा काेराेना देखिएकाे धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

धरान-१५ का ४३ वर्षीय पुरूष र परिवारका सबै सदस्यको साउन १६ गते स्वाब संकलन गरी धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनको भने रिपोर्ट पोजेटिभ आएको धरान नगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ ।

धरान-१ का ती युवाले भने ज्वराे आउने भएपछि हिजाे प्रतिष्ठानमा आफै गएर पिसिअार परीक्षण गरेका थिए । उनी धरान-१३ का संक्रमितसँगकाे सम्पर्कमा आएका व्यक्ति हुन् ।

यस अघि धरानमा १० जनामा संक्रमण देखिएको थियो । १० जनामध्ये ६ जना प्रिति भल्वमा कार्यरत कर्मचारी र परिवार हुन् ।

धरान-१५ पिण्डेश्वर चाेक एभरेष्ट लाइन र सेन्ट्रल राेड वरीपरी अावत जावत बन्दगरी शिल गरिएकाे वडाध्यक्ष नरेश इवारमले जानकारी दिए । साे क्षेत्रका व्यक्तिहरूकाे कन्ट्रयाक्ट ट्रेसिङ्ग गरी पिसिअार परीक्षण गरिने वडाध्यक्ष नरेश इवारमले जानकारी दिए ।