ब्लाष्टखबर । पछिल्लाे २४ घण्टामा नेपालमा १ सय १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जोगेश्वर गौतमले बताएका छन्  । 

आज २ सय ८५ जना संक्रमित निकाे भइ  डिस्चार्ज  भएका छन् । यस सँगै हाल सम्म डिस्चार्ज  हुनेहरूकाे संख्या ११ हजार ५ सय ३५ जना पुगेकाे  डा. गौतमले जनाएका छन् । उनले ५ हजार ८ सय ७१ जना काेराेना संक्रमपतकाे विभिन्न अस्पतालका आइसालेसनमा राखि उपचार भइरहकाे पनि जानकारी दिएका छन् ।

नेपालमा २१ देखी ३० उमेर समुहका ६ हजार ५ सय ३६ जनामा काेराेना संक्रमण देखिएकाे स्वास्थ मन्त्रालयकाे उमेर समुह अनुसार संक्रमितहरूकाे  विवरण चार्टमा उल्लेख गरिएकाे छ, जुन अन्य उमेर समुह भन्दा धेरै रहेकाे छ । ० देखी १० वर्ष उमेर समुहमा ६ सय ४९ जनामा र ८० भन्दा माथिका उमेर समुहका मानिसहरू १२ जना काेराेनासंक्रमण पुष्टि भएकाे जनाइएकाे छ । 

108175558_940172406471279_1511284044753920101_o

आज विपि काेइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका १ जना पुरूषकाे मृत्यु भएकाे छ । यससंगै  हाल सम्म नेपालमा काेराेना संक्रमित मृत्यु हुनेकाे संख्या ४० जना रहेकाे छ  ।