समुदायमा गएर कोरोना परीक्षण गरिने तयारी

alt
  • असार ३१, २०७७
  • ब्लाष्ट खबर

विराटनगर /  प्रदेश १ मा क्वारेन्टिनमा मात्र रहेकाहरूलाई कोरोना देखिएकोले अब समुदाय स्तरमा गएर कोरोना परीक्षण गरिने भएको छ । प्रदेश सरकारले नमूनाका रुपमा समुदाय स्तरमा पनि कोरोना परीक्षण गर्ने तयारी गरेको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्री जीविन घिमिरेले प्रदेश सरकारले नमूनाका रुपमा समुदाय स्तरमा पनि परीक्षण गर्ने तयारी गरेको जानकारी दिए । ‘क्वारेन्टिनमा मात्र हैन समुदायमा पनि नमूनाका रुपमा परीक्षण गर्न आवस्यक देखिएको छ,’मन्त्री घिमिरेले भने, ‘यसको तयारी प्रदेश सरकारले अब थाल्नेछ ।’
कोरोना उपचार केन्द्र र क्वारेन्टिनबाट डिस्चार्ज भएकाहरुको परिवार र आसपासका स्थानहरुको छनौट गरेर नमूनाका रुपमा परीक्षण गर्ने मन्त्री घिमिरेले बताए । पहिलो चरणमा सुरक्षाकर्मीको परीक्षण गरिएको उनले बताए ।

कोरोना संक्रमणको नियन्त्रण तथा उपचारका लागि अग्रभागमा रहेर काम गरिरहेका तीनै वटै सुरक्षा निकायका १ हजार ५ सयको परीक्षण गरिएको मन्त्री घिमिरेले जानकारी दिए । सुरक्षाकर्मीको परीक्षणमा कसैलाई पनि संक्रमण नदेखिएको उनले बताए । सुरक्षाकर्मी पछि स्वास्थ्यकर्मीको परीक्षणको तयारी शुरु गरिएको मन्त्री घिमिरले बताए । ‘निजि अस्पताल सञ्चालकहरुको संगठन अफिनसँगको सहकार्यमा स्वास्थ्यकर्मीको परीक्षण गरिने छ,’मन्त्री घिमिरेले भने । स्वास्थ्यकर्मीको परीक्षण पछि समुदाय स्तरमा परीक्षण गरिने मन्त्री घिमिरेको भनाई छ ।

परीक्षणको दायरा बढाउनका लागि माग बढिरहेकाले समदुाय स्तरमा पनि परीक्षण गर्न लागिएको उनको बताए । ‘क्वारेन्टाईनमा रहेका, कन्ट्याक्ट ट्रेसिङका आधारमा र कोरोना उपचार केन्द्रमा भर्ना भएकाहरुको नेगेटिभ रिपोर्ट नआउँदा सम्म परीक्षण गर्ने काम भईरहेको छ,’मन्त्री घिमिरेले भने । प्रदेश १ मा कोरोना संक्रमण भन्दा कोरोना मुक्त भएर घर फर्कनेको संख्या बढ्दोक्रममा रहेको मन्त्री घिमिरेले जानकारी दिए । मन्त्री घिमिरेले प्रदेश १ को कोरोनाको अवस्था भयाभह नरहेको बताए । भारत लगायतका तेश्रो मुलकबाट आउनेहरुमा मात्र संक्रमण देखिएको मन्त्री घिमिरेले बताए ।

बेलबारीका एक प्रहरीम ...

विवेक मिश्र बेलवारी / मोरङको बेलबारी स्थीत रहेको ई ...

ओरियन कम्पनीको अठार ...

भद्रपुर / अबैध रुपमा भारतबाट ल्याउँदै गरेको ओरियन कम्पन ...

विराटनगरमा चार वर्षक ...

विराटनगर /  विराटनगर १७ मा चार वर्षको एक जना बालकल ...

उपकुलपतिकाे कार्यकक् ...

धरान  / नेपाली कांग्रेसनिकट नेपाल तरुण दल नगर र मह ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved