• धनबहादुर पुरी

इटहरी । इटहरी ९ मा रहेको रिभर साइड रिसोर्टकी सञ्चालिका यौनधन्दा गराएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । इटहरीकी हिरामाया भन्ने इटहरी ९ की इन्दिरा श्रेष्ठसहित ७ जनालाई इलाका प्रहरी कार्यालय इटहरीले शनिवार पक्राउ गरि मानव बेचविखानको मुद्धा दायर गरेको छ ।

श्रेष्ठले युवतीलाई यौनधन्दामा प्रयोग गरेको प्रहरीको निष्कर्ष छ । ग्राहकहरु सँग मोटो रकम लिई युवतीलाई थोरै दिएर यौनधन्दा गर्दै आएको भन्दै उनलाई पक्राउ गरि मुद्धा दायर गरेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । अन्य ६ जनालाई भने प्रहरीले हिजै छाडेको छ ।

यस अघि इटहरी ६ मै रहेको हिमगंगा होटल एण्ड लजमा यौनधन्दा गराएको भन्दै केही महिना अगाडी पाँचथर ८ बस्ने विनु सुब्बा र बर्दीबासका सरोज कार्कीलाई पक्राउ गरि मानव वेचविखान विरुद्ध मुद्धा दायर भएको थियो । प्रहरीले इटहरीका २० वटा होटलहरु निगरानीमा राखेको बताइएको छ ।