धरान / जिल्ला अदालन सुनसरीका न्यायधिशको सुरक्षाका लागि खटिएका एक प्रहरी हवाल्दारले आफैलाई गोली प्रहर गरेर आत्महत्याको प्रयास गरेका छन् ।
हवाल्दार ओमप्रकाश खतिवडाले आज साँझ ७ बजे आफ्नै कञ्चटमा गोली प्रहार गरेका थिए । उनी ४ न बेञ्चका न्यायधिश शकर राईकाे सुरक्षामा खटेकाे बताइएकाे छ ।
गोली प्रहारबाट घाईते बनेका खतिवडाकाे उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको सुनसरी समाचारदाता मिकाइल आलमले जानकारी दिए ।
गाेली प्रहारकाे विषायमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवत्ता तथा डिएसपी विनोद शर्माले जानकारी दिए । उनको अवस्था गम्भीर रहेकोसमेत उनले जनाए ।