विराटनगर । सिंघिया खोलामा आएको बाढीले बगाएर ल्याएको अवस्थामा विराटनगर ८ अशोकचौकमा शव भेटिएको छ । बाँस झ्याङ्गमा अडकाएको अवस्थामा सोमबार बिहान एक जना पुरूषको शव फेला परेको हो ।

अशोकचौकमा स्थानिय बालवालिकाहरूले खोलामा बगेको शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । हाटखोला प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोली घटनास्थलमा पुगेर शव बाहिर निकालेको छ ।

गाढीएको शव बाढीले बगाएर ल्याएको हुन सक्ने आशंका गरिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोकर्दशन थापा, इन्सिपेक्टर मिलन थापासहितको प्रहरी टोली पुगेको थियो ।