ब्लाष्टखबर । भाेजपुरकाे साल्पासिलिचाे गाउँपालिकामा प्रहरीले सकेटबम फेला पारेको छ ।

दोभाने चौकीबाट खटिएको गस्ती टोलीले शनिबार गाउँपालिकाकाे ६ नम्बर वडामा बेवारीसे अवस्थामा दुईवटा सकेटबम फेला परेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप लामाले  बताएका छन् । ती बम निष्क्रिय बनाउन नेपाली सेनासँग समन्वय भइरहेको बताउदै, बम  त्यहाँ कसरी आएभन्ने कुराकाे अनुसन्धान भइरहेको लामाले  बताएका छन्।