ब्लाष्टखबर । झापामा खैराेहिराेइन सहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राृ पर्नेमा झापाको गौरादह-४ डोरामारीका ३४ बर्षीय सुमन भण्डारी रहेका छन् । कमलगाउँपालिका-५ लवडाँडा स्थित राजमार्गमा मे ५ प ७५९८ नम्बरको मोटरसाईकलमा आएका उन उनि माथि अाइतबार साझ प्रहरीले चेकजाँच गर्ने क्रममा उनको साथबाट २ ग्राम ९५ मिलिग्राम खैरोहिरोइन ब्राउनसुगर फेला परेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिशेष सुराकका आधारमा लागुऔषध ब्युरो काकँडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई पक्राउ गरेको कार्यालयले जनाएकाे छ । भण्डारीलाई इलाका प्रहरी कार्यालय दमकमा राखी कानुनी कारबाही अगाडी बढाईएको कार्यालयले जनाएकाे छ ।