भोजपुर । भोजपुरकाे अरुण गाउँपालिमा एक घरमा आगलागी हुँदा अन्दाजी १५ लाख बराबरको क्षति हुनुका साथै १ बालिका घाईते भएकी छन् ।
गाउँपालिकाकाे ३ नम्बर वडा स्थित प्याउलीमा रहेकाे कर्ण बहादुर कार्कीको घरमा अाइतबार दिउँसाे बिद्युत सर्ट भई आगलागी हुँदा घर भित्र रहेका खाद्यान्न, नगद तथा लत्ता कपडा लगाएतका समान जलेर नष्ट भएकाे थियाे । टिनको छानो भएको कच्ची घर भएकाे आगलागीमा परी कार्कीकी ३ बर्षीय नातिनि बिष्णु माया कार्की घाईते भएकी छन् ।
घाईते भएकी उनकाे उपचारको लागी बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान ल्याइएकाे जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
आगाे प्रहरी र स्थानीयवासीको सहयोगमा करीब अढाइ घण्टा पछि नियन्त्रयमा लिइएकाे कार्यालयले जनाएकाे छ