ब्लाष्टखबर । धरान १५ छुरा प्रहार गरी फरार एक जनालाई प्रहरीले पक्राउ परेका छ ।
धरान १५ स्थित नयाँ सडकका केशव राईलाई छुरा प्रहार गरी फरार भएका सोहि वडाका निश्चल लिम्बू पक्राउ परेका छन् ।

बैशाख ५ गते घर अगाडी बसीरहेको बेला छुरा प्रहार गरी फरार भएका लिम्बूलाई शुक्रबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ परेका लिम्बूको अदालतबाट म्याद थप गरी थप अनुसन्थान भइरहेको कार्यालयले जनाएको छ ।

घटनासंगै ज्यान मार्ने उद्योग मुदामा दर्ता जाहेरीका आधारमा जिल्ला अदालत सुनसरीबाट पक्राउ अनुमती जारी भई खोजताश भइरहेकोमा  लिम्बूले राईको पेट लगायतमा छुरा प्रहार गरी फरार भएका थिए । छुरा प्रहार पछि घाइते भएका राईको उपचार भइरहेको र स्वास्थ सुधारउन्मुख रहको कार्यालयले जनाएको छ ।