ब्लाष्टखबर । विराटनगरमा तीन दाजुभाई मेलेर एक जनालाई छुरा प्रहार गरेका छन् । 

महानगरकाे ५ नम्बर वडा स्थित काेचाखालका सन्ताेस कामतलाई साेहि ठाउँका एकै परिवारका तीन दाजुभाई मिलेर छुरा प्रहार गरेकाे वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी वेदप्रसाद गौतमले बताएका छन् ।

 कामतमाथि छुरा प्रहार गर्नेमा छिमेकी १९ वर्षीय सुरज, २८ वर्षीय गोविन र ३८ वर्षीय लालबाबु राय रहेकाे डीएसपी  गौतमले बताए । छुरा प्रहरार पछि भागेका उनिहरूलाई प्रहरीले विराटनगरका विभिन्न स्थानबाट पक्राउ गरेकाे छ ।

छुरा प्रहार पछि घाइते भएका कामतकाे विराट नर्सिङ होममा  उपचार भइरहकाे डीएसपी  गौतमले बताएका छन् ।